प्रहरीले पक्राउ गर्न खोज्दा भागेका युवकको खोलाले बगाएर ज्यान गयो

296 total views, 4 views today

श्रावण २१, २०७४- प्रहरीबाट फुत्केर भाग्न खोज्ने एकजना युवा होटल संचालकको महेशखोलाले बगाएपछि मृत्यु भएको छ । पृथ्वीराजमार्गको गल्छी गाउपालिका–७, भल्टारमा राजधानी नामक होटल संचालन गर्दै आएका राजकुमार तिमिल्सिनालाई प्रहरिले नियन्त्रण लिन खोज्दा उनी खोलामा खसेका थिए ।

नुवाकोट बेलकोटगडि नगरपालिका–९ बस्ने राजकुमार तिमिल्सिनाले गए राति मादक पदार्थ सेवन गरी यात्रुलाई खाना खुवाउन रसुवा र नेपालगंजबाट आएका रात्रीबसमा तोडफोड गरी चालक र यात्रुहरुहरुलाई समेत कुटपिट गरेका थिए । नेपालगंजबाट आएका २ जना यात्रुसमेत घाइते भएपछि प्रहरीलाई फोन आएको थियो गजुरीस्थित प्रहरी कार्यालयका निरिक्षक वरुणबहादुर सिंहले बताए ।

प्रहरी पुगे लगत्तै पक्राउ पर्ने डरले  होटल पछाडिबाट भागेर जोगिन खोज्दा ४ सय मिटर भिरबाट खसेर महेस खोलामा झरेका थिए । हिजो दिनभरको वर्षातले बाढी आएको महेश खोलाले बगाउँदा ज्यान गएको प्रहरीले जनाएको छ  ।
Source : ekantipur.com

Comments

comments