छात्रामाथि बलात्कार गरेको अभियोगमा ज्ञानकुञ्जका प्रिन्सिपलविरूद्ध जाहेरी दर्ता

ललितपुरको ताल्छिखेलस्थित ज्ञानकुञ्ज स्कुलका प्रिन्सिपल शिव कार्की विरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दाको जाहेरी प्रहरीमा दर्ता भएको छ।

आफ्नै स्कुलमा पढ्ने छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको थियो।

स्कुलकै छात्राबासको छतमा चुम्बन गरेर उनले बलात्कार प्रयास गरेको पीडित छात्राको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्।

जाहेरी दर्ता गरी म्याद थपका लागि कार्कीलाई अदालत लगिएकोमा अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी विनोद सिलवालले बताए।

कार्कीले भने छात्रालाई छतमा रोइरहेको देखेपछि उनलाई सम्झाउन गएको र यौन दुर्व्यवहार नगरेको दाबी गरेका छन्।

९ कक्षामा अध्यनरत ती छात्रा पढाइमा कमजोर भएकाले आफूले राम्रोसँग पढ्नका लागि सम्झाएको कार्कीले बताएका छन्।

source setopati.com

361 total views, 1 views today

Comments

comments