काठमाडौंको कुन वडाले कति बजेट पायो ? (सूचीसहित)

२२ साउन, काठमाडौं । काठमाडौं महानरपालिकाले चालु आर्थिक वर्षका लागि विभिन्न वडाका लागि विभिन्न शीर्षकमा ५८ करोड ४७ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

महानगरपालिकाले वडाहरुलाई ठूला, मध्यम र साना गरी ३ वर्गमा विभााजन गर्दै विभिन्न शीर्षकमा फरक-फरक रकमसहितको बजेट छुट्याएको हो ।

१५ वठा वडालाई ठूलोको सूचीको राखेको छ भने १० वटालाई मझौला र ७ वटा वडालाई सानाको सूचीमा राखेको छ ।
१, ३, ४, ६, ७, ९, १०, ११, १३, १४, १५, १६, २६, ३१ र ३२ नमबर वडा ठूलो सूचीमा पर्दै धेरै बजेट पाएका छन् । प्रत्येक ठूला वडाले २ करेाड ३३ लाखको बजेट पाएका छन् ।

२, ५, ८, १७, २२, २४, २५, २८, २९ र ३० नम्बर वडा मझौलाको सूचीमा छन् । यि प्रत्येक वडाले १ करोड ५६ लाख बजेट पाएका छन् ।

तथा १२, १८, १८, २०, २१, २३ र २७ साना वडाको सूचीमा छन् । साना प्रत्येक वडालाई १ करोड ११ लाख बजेट दिइएको छ ।

प्रशासनिक खर्चका लागि प्रतिवडा ७ लाख ६० हजार रूपैयाँ विनियोजन गरिएको छ ।

वडाले कुन शीर्षकमा कति पाए  ?


कुन शीर्षकमा कति बजेट छुट्यायो महानगरले ?

२०७४ साउन २२ गते १९:४७ मा प्रकाशित

Source : Onlinekhabar.com

737 total views, 4 views today

Comments

comments