Nepali Films कृ निर्माता सुवास गिरी प्रहरी नियन्त्रणमा 11 months ago फिल्म ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले कृ निर्माता गिरीलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो। पुरानो फिल्म सम्झनाको ‘उकालीमा अघि अघि…’ बोलको गीतलाई बिना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका थिए। प्रधानले आफ्नो गीत चोरी गरेको भन्ने उजुरी दिएपछि हामीले कृ निर्माता गिरीलाई नियन्त्रणमा लिएका हौ,’ काठमाडौं परिसरका प्रवक्ता डीएसपी मोहन थापाले सेतोपाटीलाई बताए। प्रतिलिपि अधिकारसँग सम्बन्धित विषय भएकाल थप अनुसन्धान भइरहेको थापाले बताए। चलचित्र सम्झना वि.सं २०४० सालमा रिलिज भएको फिल्म हो । जसमा नायक भुवन केसी नै थिए भने नायिका तृप्ती नादकरले मुख्य भूमिका निर्वाह गरेका थिए । ३५ वर्ष अघि आफैले अभिनय गरेको फिल्मको गीतलाई भुवन केसीले छोराको ‘कृ’ मा समावेश गरेका थिए ।’कृ’ मा अनमोल र अदिती नाँचे जस्तै ‘सम्झना’मा भुवन र तुप्ती नाँचेका छन् । रजिन्त गजमेर यो गीतका ओरिजिनल संगीतकार र गीतकार हुन् । Source: Setopati Online Khabar.com Share this:Click to share on Twitter (Opens in new window)Click to share on Facebook (Opens in new window)Click to share on Google+ (Opens in new window) Related Comments comments Tags: Nepal News Continue Reading Previous Watch Movie online – LAPPAN CHHAPPAN | New Nepali Full Movie 2018/2074 | Dayahang Rai | Saugat Malla | Arpan ThapaNext KARKHANA || New Nepali Full Movie HD 2018/2074 || Ft.Sushil Shrestha / Barsha Siwakoti More Stories Entertainment Films Nepali Films Videos Mr. Jholay | Nepali Movie | Dayahang Rai | Deeya Pun | Praween Khatiwada | Buddhi Tamang 2 months ago Entertainment Films Nepali Films Videos LILY BILY | New Nepali Full Movie 2018 Ft. Pradeep Khadka, Jassita Gurung, Priyanka Karki 2 months ago Entertainment Nepali Films Videos New Nepali Movie -2018/2075| Full Movie|A Mero Hajur 2| Ft.Samragyee R L Shah,Salin Man Baniya 2 months ago