सुनामीका कारण ४ सय ३० बढिको ज्यान गएकोमा राष्ट्रपति भण्डारीको बधाई ?

सुनामीका कारण ४ सय ३० बढिको ज्यान गएकोमा राष्ट्रपति भण्डारीको बधाई ?

काठमाडौं। इन्डोनेसियामा सुनामीको कारण भएको क्षतीप्रति दुःख प्रकट गर्न भनेर नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सन्देशमा गल्ती भेटिएको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ।

केहीदिन अघि भएको ज्यालामुखी विस्फोट र त्यसपछि गएको सुनामीका कारण ४ सय ३० जनाको मृत्यु तथा ठुलो भौतिक क्षति भएको घटनाप्रति राष्ट्रपति भण्डारीले पठाएको सन्देशमा बधाई शब्द प्रति धेरैले आलोचना गरेका छन्।

ठूलो परिमाणमा जनधनको क्षति भएको भन्दै त्यहाँका राष्ट्रपति जोको विडोडोलाई राष्ट्रपति भण्डारीले बधाई सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दुई अनुच्छेदको सन्देशको दोस्रो अनुच्छेदमा भने इन्डोनेसियमा ठूलो क्षति भएको भन्दै राष्ट्रपति भण्डारीले दुख व्यक्त गरेको उल्लेख छ।

राष्ट्रपतिको नाममा दिइएको सन्देशमै यस्तो लापरबाही भएको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको हो। यद्यपी कसैले उक्त सन्देशमा बधाई लेखिएको शब्द इडिट गरेको भनेर आशंका समेत गरेका छन्।

Source : DCNEPAL.com

Comments

comments

error: Content is protected !!