ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जनाको मृत्यु

ललितपुर कुसुन्तीमा सोमबार दिउँसो प्रहरीको ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ। लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाकाको टोली खत्रीको घरमा अप्रेसनका लागि गएको थियो।

‘प्रहरीले घर घेरेको थाहा पाएपछि उनी कौशीबाट हाम फालेर भाग्न खोजे, दुवै हातमा पेस्तोल बोकेका उनले प्रहरीतर्फ गोली हाने,’ महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘प्रहरीले जवाफी गोली चलाउँदा उनको मृत्यु भयो।’

प्रहरीका  अनुसार प्रहरीले घर घेराउ गर्दा खत्री श्रीमतीसँगै कोठामा थिए। प्रहरी आएको थाहा पाएपछि उनले साढे दुई तला माथिको कौशीमा गएर हाम फालेका थिए। हाम फालेर उनले प्रहरीलाई ताकेर गोली हाने पनि कसैलाई लागेन त्यसपछि उनले आफ्नै कन्चटमा गोली हाने।

Source: Setopati.com

476 total views, 4 views today

Comments

comments