४ अर्बको बागमति जलविद्युत आयोजनाको उत्पादन असारबाटै

२७ फागुन, मकवानपुर । नेपाली व्यवसायी र चिनियाँ कम्पनीको ४ अर्ब रुपियाँको लागतमा निर्माणाधीन हाइड्रोपावरले असारबाट उत्पादन थाल्ने भएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका-८ मा निर्माण भैरहेको हाइड्रोको ८० प्रतिशत काम सकिएको र तोकिएको समयबाटै उत्पादन थालिने बाग्मती साना जलविद्युत आयोजनाले जनाएको छ ।

काठमाडौंबाट बगेर आएको पानीलाई सदुपयोग गर्दै २२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ ।

असारमा उत्पादन नेपाल बिधुत प्राधिकरणको कुलेखानी प्रशारण लाइनमा जोड्ने गरी निमाणाधीन माण्डु हाइड्रोले बिद्युत उत्पादनका लागि चाहिने प्रतिसेकेन्ड १२ दश्मलब ४ क्युसेक पानी पठाउँने गरी ३ दश्मलब ७ मिटर चौडा र ३ दश्मलब ८ डायोमिटर रहेको २ हजार ४ सय ४१ मिटर लामो हेडरेष्ट टनेलको ब्रोक थ्रु गरिसकेको हाइड्रोपावरका आवासीय इन्जिनियर रत्न बोम्जनले बताए ।

हाइड्रोका लागि आवश्यक ३ सय १३ मिटर लामो ग्रेसहेड टनेको निर्माणसहित सभिल, पावरहाउस, पेनस्टकको काम नेपाली कम्पनी एसिएन इन्फास्टक्टर प्रालीले १ अर्ब २९ करोड रुपैयाँमा गरिरहेको उनले जानकारी दिए ।

हाइड्रोले सिस्नेरी दोभानमा संकलन गरेको पानी टनेल मार्फन इपापञ्चकन्याको बेसीबगरमा पुर्‍याउदै बिद्युत उत्पादन गर्ने छ ।

०७२ जेठबाट निर्माण थालेको हाइड्रोले प्राधिकरणको ६६ केभी प्रशारण लाइनमा उत्पादन जोड्नका लागि ४४ वटा टाबर निर्माणको काम सहित अन्य पुर्वाधार निर्माणको कामलाई तीब्र गतिमा अघि बढाएको जनाएको छ ।

प्राधिकरणको प्रशारण लाइनमा उत्पादन स्थलबाट १४ किलोमिटर पर रहेको छ । ‘रन अफ रिभर’ अनुसार निर्माण थालिएको हाइड्रोमा ५५ मिटर लामो ड्याम निर्माणको काम अन्तिम चरणमा रहेको छ ।

बागमतीको पानी सिस्नेरी दोभानमा ड्याम बनाइ कुलेखानी, बाग्मती र कोगटेको पनी छेकेर सुरुङमार्फत इपाको बगरबेसीमा विद्युत् उत्पादन गरिने बोम्जनले बताए ।

ड्याम र पावर हाउसबीचको दुरी साढे दुई किलोमिटर रहेको छ । हाइड्रोमा चाइनाको से च्वाङ हे च्वाङ, नेपालको हिमालयन इन्फास्टक्चर फण्डले लगानी गरेको छ भने मकवानपुरको माण्डु हाइड्रोपावर कम्पनीले प्रवर्धकको काम गरीरहेको छ ।

हाइड्रोको इलेक्ट्रो मेकानिकालको काम चाइनिज कम्पनी सीडब्लुटीडव्लुले गर्ने बताइएको छ ।

हाइड्रोमा दैनिक ४ सय मजदुरले सुरुङ निर्माण सहित अन्य काम गरिरहेका छन् भने पावरहाउस निर्माणका १५० मजदुर खटिएको आवासीय इन्जीनियर बोम्जनले जानकारी दिए ।

कम्पनीमा नेपालीको ५१ र चाइनिजको ४९ प्रतिशत शेयर रहेको छ ।

Source: Oninekhabar.com

Comments

comments