प्रदेशको नाम र राजधानीबारे प्रस्ताव ल्याउन माग

१३ चैत, हेटौंडा । प्रदेश ३ का सांसदहरुले प्रदेशको नाम र राजधानीबारे प्रस्ताव ल्याउन सरकारसँग माग गरेका छन् ।

प्रदेशसभाको बुधबार बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । एमाले सांसद राजेन्द्र पाण्डेलले प्रदेश सरकारले प्रदेश सभलाई विजनेश दिन नसकेको भन्दै सरकारको आलोचना गरे ।

एक महिनासम्म प्रदेशसभाको बैठक बस्न नसकेको भन्दै उनले सरकार स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको बताए । प्रदेशसभाको स्थायी राजधानी र नामाकरण गर्ने विषय सरकारले छल्न खोजे यो विषय जनस्तरबाट अथवा प्रदेश सदस्यहरुबाटै प्रस्ताबका रुपमा आउने उनको दाबी छ ।

सांसदहरुले उपसभामुख राधिका तामाङको विवादास्पद अभिब्यक्तिबारे सदनको ध्यानाकर्षण गराएका छन् । गाई काटेर खान पाउनुपर्ने आशयको अभिव्यक्तिबारे सदनलाई जानकारी गराउन उनीहरुको माग छ ।

बैठकले अर्थिक मामिला तथा योजनामन्त्री कैलश ढुङ्गेलले प्रस्तुत गरेको प्रदेश सरकारको अर्थिक कार्यबिधी नियमित तथा व्यवस्थीत गर्न बनेको विधेयक, प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा ब्यवस्था गर्न बनेको बिद्ययक माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्विकृत भएको छ ।

बैठकले पाँचै वटा विषयगत समितिको सभापति चयनका लागि आगामी बिहीवार मतदान समय निर्धारण गरेको छ ।

Source: OnlineKhabar.com

Comments

comments

error: Content is protected !!