भृकुटीमण्डपमा २४औं सुबिसु क्यान इन्फोटक सुरु

११ माघ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २४औं सुबिसु क्यान इन्फोटक सुरु भएको छ । १६ गतेसम्म चल्ने इन्फोटेक मेलाको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरे ।

इन्फोटेकमा १ सय ५५ भन्दा बढी आईटीसम्बद्ध कम्पनीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । इन्फोटेकमा विभिन्न कम्पनीले नयाँ र आकर्षक प्रविधिजन्य उत्पादनन प्रदर्शन तथा बिक्रीमा राखेका छन् ।

कार्यक्रममा मन्त्री बस्नेतले विकट क्षेत्रमा सूचना प्रविधिको विकास र विस्तार गर्नुपर्नेमा जोड दिए । उनले आईटी क्षेत्रले नै देशलाई समृद्धिमा डोहोर्‍याउने भन्दै त्यसका लागि सबैले मिलेर काम गर्नुपर्ने बताए ।

इन्फोटेकमा केही कम्पनीले नयाँ किससमका उत्पादन सार्वजनिक गर्दैछन् । विभिन्न कम्पनीहरुले मेलाबाट लाभ लिने गरी अफर हरु ल्याएका छन् ।

छुटसहितका सुविधा उठाउँदै सूचना प्रविधिका सामग्री किन्न मेला फलदायी हुने विश्वास आयोजकको छ । स्मार्टफोनसहित कम्प्युटर, इन्टरनेटसम्द्ध उपकरण, घरायसी तथा कार्यालय प्रयोजन लगायतका प्रविधि मेलामा राखिएका छन् ।






२०७४ माघ ११ गते १७:१० मा प्रकाशित

Source : Onlinekhabar.com

Comments

comments