काठमाडौं- १२ लगनमा आगलागी, एक वृद्धको मृत्यु

काठमाडौं, ५ फाल्गुन । काठमाडौं महानगरपालिका १२ लगनमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान भएको आगलागीमा ६५ वर्षिय जीवनकाजी श्रेष्ठको निधन भएको हो । बिहान साढे ३ बजेतिर अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी भएको हो । आगलागीमा प्रविण श्रेष्ठ जलेर घाईते भएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीको सक्रियतामा काठमाडौं, ललितपुर र भक्तपुरबाट आएका दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो ।

 

Source : reportersnepal.com

Comments

comments

error: Content is protected !!