फ्लोरिडामा आकाशे पुल भत्कियो, कम्तिमा ४ को मृत्यु

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा व्यस्त सडकको आकाशे पुल भत्किँदा कम्तिमा चार जनाको मृत्यु भएको छ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार सडकमा सवारी र मानिसको आवातजावात भइरहेका बेला बिहीबार पुल भत्किएको हो।

मियामीको फ्लोरिडा अन्तर्राष्ट्रिय विश्व विद्यालय नजिकैको सो आकाशे पुल भत्किँदा केही कारहरु थिचिएका छन्।

धेरैजसो विद्यार्थी ओहोरदोहोर गर्ने सो आकाशे पुल मर्मत गरिँदै थियो। पुल किन भत्कियो भन्ने खुल्न सकेको छैन।

Source ; Setopati.com

136 total views, 1 views today

Comments

comments