नेपालमा अन्तर्राष्ट्रिय ग्रान्डमास्टर चेस प्रतियोगिता

नेपालमा सर्वाधिक पुरस्कार राशीको ‘काठमाडौं ओपन अन्तर्राष्ट्रिय ग्रान्डमास्टर चेस प्रतियोगिता’ हुने भएको छ। होमल्याण्ड स्पोर्टस क्लबको आयोजनामा चैत्र २९ गतेदेखि वैशाख ४ गतेसम्म पार्क भिलेज होटलमा प्रतियोगिता आयोजना हुन लागेको हो।

दस लाख राशी पुरस्कारको प्रतियोगितालाई केएनपी जापानले प्रायोजक गर्ने भएकाे छ। बिहीबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा केएनपीले प्रतियाेगिताका लागि ३ वर्षको सम्झौता गरेको हो।

फिडेको स्विस लिग अनुसार ९ चरणमा हुने प्रतियोगितामा १८० जनाको सहभागिता रहनेछ। नेपालसहित अमेरिका, अष्ट्रेलिया, स्पेन, रसिया, ईजरायल, अजरवैजान, रोमानिया, भारत, श्रीलंका, भुटान, बेलारुस, बंगलादेश, मलेसिया, भियतनाम र केन्याका सहभागि रहने आयोजकले जनाएको छ।

चेस खेलाडीलाई इन्टरनेशनल मास्टर तथा ग्रान्डमास्टर बन्न आवश्यक पर्ने नर्म सर्टिफिकेट प्राप्तिका लागि प्राविधिक हिसाबले यो प्रतियोगितालाई विश्व चेस जगतले नै महत्वपूर्ण रुपमा लिन्छ। प्रतियोगिता नेपाल, भारत, बंगलादेश र श्रीलंकाका अन्तराष्ट्रिय आर्विटर(निणार्यक)ले सञ्चालन गर्नेछन्।

Source:Setopationline.com

40 total views, 1 views today

Comments

comments