खोकना जात्रामा यसपालि भयो परिवर्तन

काठमाडौं, साउन २५

पोखरीमा पाठी फ्याँकेर अमानवीय तरिकाले लुछाचुँडी गर्दै मारेर रमिता देखाउने जात्रा यसपालि फरक तरिकाले मनाइएको छ।

स्वदेशी र विदेशी मिडियामा जात्राको कडा आलोचना भएपछि बुधबार ललितपुरको खोकनास्थित देवपोखरीमा भएको जात्रा केही फरक ढंगले मनाइएको छ।

यसपालि पाठीलाई पहिले जस्तै लुछाचुँडी गरेको थिएन। पाठीलाई पानीभित्र लगिए पनि भित्रभित्रैबाट निकालिएको थियो।

पहिले भने पानीमा पाठीलाई लछारपछार गरी लुछाचुँडी समेत गरिन्थ्यो।

Source: Setopati.com

 

 

1,238 total views, 1 views today

Comments

comments