होलीमा हतियार प्रहार गरी १ जनाको हत्या

१८ फागुन, कैलाली । कैलालीमा होली खेल्ने क्रममा छूरा प्रहार हुँदा एकजनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–१ मा गएराति १२ः४५ बजे होली खेल भइरहेका बेला अज्ञात समूहले छूरा प्रहार गर्दा टीकापुर नगरपालिका–२ का २२ वर्षीय करण थापाको मृत्यु भएको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते थापालार्इ उपचारको लागि टीकापुर अस्पताल पुर्याइए पनि उनलाई चिकित्सकले बचाउन सकेनन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले छूरा प्रहारबाट घाइते थापाको उपचारका क्रममा ज्यान गएको पुष्टि गर्दै छूरा प्रहार हुनुको कारण भने नखुलेको जानकारी दिए । ‘होली खेल्ने क्रममा अज्ञात समूहले छूरा प्रहार गर्दा करण थापाको ज्यान गएको छ, तर कारण खुलेको छैन’, प्रहरीले उपरीक्षक घिमिरेले भने ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा ९ जनालाई नियन्त्रणमा लिएको छ । कैलाली प्रहरीका अनुसार उनीहरुमाथि अहिले अनुसन्धान भइरहेको छ ।

२०७४ फागुन १८ गते ८:३३ मा प्रकाशित

Source : Onlinekhabar.com

37 total views, 1 views today

Comments

comments