चुच्चेपाटीमा ट्याटु आर्टिस्टको हत्या, १७ वर्षीय किशोर पक्राउ

काठमाडौँ । काठमाडौँको चुच्चेपाटीमा एक युवक हत्याको अभियोगमा १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक वासखर्क–९ घर भएका हाल का.म.न.पा–६ चुच्चेपाटी वस्ने विवेक तामाङ्ग रहेका छन् ।

तामाङ्गले सोलुखुम्वु भगान्जे घर भएका ट्याटु आर्टिस्टको काम गर्ने २५ वर्षीय छिरिङ्ग शेर्पाको चक्कु प्रहार गरी हत्या गरेका थिए ।

प्रहरीका अनुसार घटना बिहिबार राती करिब ८ बजेर ४० मिनेट जाँदा पुरानो रिसईवीको विषयलाई लिएर भएको सामान्य विवादको निहुँमा तामाङ्गले धारिलो चक्कु ल्याएर शेर्पाको छातीमा प्रहार गरेका थिए ।

घाइतेलाई तत्कालै चावहिल मेडिकेयर अस्पताल लगिएको थियो  । तर, उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

घटना सम्वन्धी सूचना प्राप्त हुना साथ तत्काल परिसर काठमाडौबाट प्रहरी निरिक्षक रामकुमार राईको कमाण्डमा र महानरीय प्रहरी वृत्त वौद्धबाट समेत संयुक्त टोली  परिचालन गरिएको थियो ।

खोजतलास गर्ने क्रममा लुकिछिपी रहेको अवस्थामा सो घटनामा प्रयोग भएको हतियार चक्कुसहित तामाङ्ग पक्राउ परेका थिए ।

प्रहरीले घटनाबारे थप कारवाही अघि बढाएको छ ।

Source : ratopati.com

Comments

comments