मनाङमा भारी हिमपात, १० पर्यटक सम्पर्कविहीन

१० माघ, मनाङ । मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ भने १० पर्यटक सम्पर्कविहीन भएका छन् ।

मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ ।

हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् ।

उद्दारका लागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ ।

२०७४ माघ १० गते ९:३९ मा प्रकाशित

Source : Onlinekhabar.com

Comments

comments

News Reporter