होलीमा ११ सय सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौँ । यस वर्षको होलीमा १ हजार १ सय ३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

होलीको अवसर पारेर ट्राफिक नियय विपरित चलाइएका १ हजार १ सय ३ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।

त्यसमध्ये ८३ वटा सवारी साधन मादक पदार्थ सेवन गरेर चलाइएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।

नियन्त्रणमा लिइएको सवारी साधनलाई साँझ ६ बजेबाट फिर्ता गर्न थालिएको छ ।

यस वर्ष होलीमा अप्रिय घटना भने नभएको पनि प्रहरीले जनाएको छ । १ जना गम्भिर घाइते हुनेबाहेक अन्य कुनै अप्रिय घटना नभएको पनि प्रवक्ता मरासिनीले जानकारी दिए । नियन्त्रणमा लिएका सवारी धनीलाई भने यातायात व्यवस्था ऐन अनुसार कार्वाही हुनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बेलुका पनि अप्रिय घटना हुनसक्ने भन्दै सवारी साधन चेकजाँचको कामलाई कडाई गरेको छ ।

बेलुका मादक पदार्थ सेवन गरेर हुन सक्ने दुर्घटनालाई मध्यनजर राखेर चेकजाँचमा कडार्इं गरिएको पनि प्रवक्ता मरासिनीले स्पष्ट पारे । गत वर्ष भन्दा यस वर्ष होलीमा सवारी दुर्घटना कम भएको महाशाखाले जनाएको छ ।

महाशाखाले होलीमा सवारी दुर्घटना हुन नदिन विहान ६ बजेबाटै देशभर सवारी साधनको चेकजाँचलाई कडा पारेको थियो ।

Source – ratopati.com

 

Comments

comments