सुत्केरी श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

७ माघ,  झापा । श्रीमतीको हत्या अभियोगमा झापाको अर्जुनधारा नगरपालिका – १ का एक युवक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती युनिताहाङ लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका प्रहरीले जानकारी दिएको छ ।

यु्निता १५ दिनकी सुत्केरी रहेको बताइएको छ । श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७४ माघ ७ गते १२:१२ मा प्रकाशित

 

Source : Onlinekhabar.com

Comments

comments